जब बालिकालाई कोब्राले २ घन्टासम्म घाँटीमा बेर्यो…

जब बालिकालाई कोब्राले २ घन्टासम्म घाँटीमा बेर्यो…

केन्द्रबिन्दु
0
Shares

भारतको एक बालिकालाई एउटा कोब्राले दुई घन्टासम्म घाँटीमा बेरेको विवरण सार्वजनिक भएको छ। महाराष्ट्रको वर्धा जिल्लाकी ६ वर्षीया बालिकालाई कोब्राले दुई घन्टासम्म घाँटीमा बेरेको हो। बालिकाको एक अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था खरतामुक्त रहेको बताइन्छ। 

बालिकालाई कोब्राले घाँटीमा बेरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। भिडियोमा पुर्भा गडकरीलाई उनको घरभित्र बेडमा कोब्राले बेरेको देखिन्छ। कोब्राले बेरेपछि त्रसित बालिका बेडमा छटपटिएको देखिन्छिन्। 

कोब्रालाई थप उत्तेजित हुनबाट रोक्न सर्प पक्डने व्यक्ति नआउन्जेल बालिकालाई नचलि बस्न अभिभावकले सुझाएको भिडियोमा सुन्न सकिन्छ। सुझावअनुसार बालिका झन्डै दुई घन्टासम्म  सुतेको देखिन्छ। 

अन्त्यमा सर्प आफैं बालिकाको घाँटीबाट चिप्लिएर खसेपछि उनको पाखुरामा टोकेको थियो। कोब्राले छोडेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो। न्युज कारखाना/एजेन्सी

Logo