महिलाकाे पक्षमा देखिएनन् तालिवानहरू, महिला मन्त्रालय खारेज गर्ने तयारी

महिलाकाे पक्षमा देखिएनन् तालिवानहरू, महिला मन्त्रालय खारेज गर्ने तयारी

केन्द्रबिन्दु
0
Shares

अफगानिस्तानको तालिवान सरकारले महिला मामिला मन्त्रालय बन्द गरेर त्यसको ठाउँमा दुई दशकअघि तालिवान शासनकालमा कडा धार्मिक सिद्धान्त लागू गरेको एक विभाग राख्न लागिएको अफगान सञ्चार माध्यमले जनाएका छन्। 

सदरमुकामस्थित मन्त्रालयमा मजदुरहरुले  पुरानो महिला मामिला भवनमा सद्गुण प्रवर्द्धन र उपचार रोकथामका लागि मन्त्रालयकाे चिन्ह खडा गरेको देखिएको अफगानी सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

आफ्नो जागिर गुमाएको भन्दै मन्त्रालयका महिला कामदारहरुले भवन बाहिर विरोध प्रदर्शन गरिरहेका केही तस्बीरहरू गत २४ घण्टामा ट्वीटरमा पोष्ट गरिएका छन्। तालिवान अधिकारीसँग यस सम्बन्धमा मागिएको प्रतिक्रियामा कसैले पनि तत्काल यस मामिलामा टिप्पणी गर्न चाहेनन्। 

तालिवानले यस पटक आफूहरूले उदारवादी शासन गर्ने प्रतिवद्धता जनाएपनि महिलाहरूलाई काममा फर्कन अनुमति दिएका छैनन् र विश्वविद्यालयमा लगाउन सक्ने पहिरनबारे नियमहरू लागू गरेका छन्।

दुई हप्ताअघि घोषणा गरिएको एउटा नयाँ तालिवान सरकारमा महिलाको हितको प्रतिनिधित्व गर्ने कुनै महिला सदस्यसमेत सहभागी गराइएको छैन। 

महिलाहरूले विगत २० वर्षमा आधारभूत अधिकारको लागि लडेका छन् र केही अधिकार स्थापित गर्न सफल भएका छन्। यद्यपि उनीहरू विधायक, न्यायाधीश, पाइलट र प्रहरी अधिकृतका लागि योग्य मानिएका छैनन्। 

दुई दशकको द्वन्द्वमा तालिवान विद्रोहीका कारण उनीहरूको प्रभाव क्षेत्रमा हजारौं नारीहरूले आफ्ना पतिलाई गुमाए। धेरै महिलाहरू विधवा भएका छन् र कतिपय अवस्थामा उनीहरूले अबैध व्यक्तिलाई आफ्नो पति सरह सेवा गर्नु परेको छ। 

अगस्त १५ मा सत्तामा फर्केदेखि तालिबानले महिलाका अधिकारहरूको सम्मान गर्ने कुनै पनि झुकाव देखाएका छैनन्। दबाब दिँदा महिलाहरुलाई आफ्नै सुरक्षाका लागि घरमै बस्न भनिएको तर उचित कानूनी व्यवस्थापछि काम गर्न दिइने तालिवान अधिकारीहरूको भनाइ छ।

सन् १९९६ देखि २००१ सम्म तालिवानको पहिलो शासनको दौडान महिलाहरूलाई धेरै हदसम्म सार्वजनिक जीवनबाट बहिष्कृत गरिएको थियो। जसमा पुरुष नातेदारको साथमा नभएसम्म उनीहरूलाई आफ्नो घर छोड्न प्रतिबन्ध लगाइएको थियो। 

Logo