कारबाहीमा तीसभन्दा बढी हुथी विद्रोहीको मृत्यु

कारबाहीमा तीसभन्दा बढी हुथी विद्रोहीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

यमनको मध्य क्षेत्रीय प्रान्त मारिबमा सोमबार साउदी अरेबिया नेतृत्वको सैन्य समूहले गरेको कारबाहीका क्रममा कम्तीमा पनि ३० जना हुथी विद्रोहीहरुको ज्यान गएको सरकारी सेनाले सोमबार जानकारी दिएका छन् ।

साउदी अरेबियाको नेतृत्वमा रहेको यमनी सेनाले उक्त क्षेत्रमा ठूलो संख्यामा हुथी विद्रोहीहरु रहेको सूचनाको आधारमा सो आक्रमण गरेको थियो ।

साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोहीविरुद्ध सन् २०१४ देखि हवाई आक्रमण गरिरहेको छ ।

यमनको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन् ।रासस /सिन्ह्वा 

Logo