मनिलाका मेयरद्धारा फिलिपिन्सको राष्ट्रपतिमा उम्मेदवारी

मनिलाका मेयरद्धारा फिलिपिन्सको राष्ट्रपतिमा उम्मेदवारी

केन्द्रबिन्दु
0
Shares

फिलिपिन्सको राजधानी मनिला नगरका मेयर फ्रान्सीस्को डोमागोसोले राष्ट्रपतिमा उम्मेदवारी घोषणा गरेका छन्  ।

आगामी सन् २०२२ मा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा उनले बुधबार औपचारिक गरेका थिए । उम्मेदवारी घोषणा गर्नुअघि ४६ बर्षीय डोमागोसोले बृहत राजनीतिक र्याली निकालेका थिए ।

नगरपालिका भित्रको अति गरिव क्षेत्रमा निकालिएको र्यालीपछि आयोजित घोषणा सभामा उनले आफू विजयी हुने दाबी गरे। लोकप्रिय युवा राजनीतिज्ञ डोमागोसोले सबैको साथले आफू विजयी हुने र सरकारलाई पनि सबै मिलेर सफल बनाउने विश्वास व्यक्त गरे ।

राष्ट्रपतिमा उम्मेदवारी घोषणा गर्ने उनी तेस्रो नेता हुन । यसअघि सिनेटर मन्नी पाक्वीयो र पान्फीलो लाक्सोनले पनि राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । – रासस

Logo