काेराेनाविरूद्ध खोप नलगाएका शिक्षकलाई विद्यालयमा प्रतिबन्ध

काेराेनाविरूद्ध खोप नलगाएका शिक्षकलाई विद्यालयमा प्रतिबन्ध

केन्द्रबिन्दु
0
Shares

इजरायलमा कोरोना भाइरसविरुद्धको खोप नलगाएका शिक्षकहरूलाई विद्यालय आउन नदिइने भएको छ।  

कोरोना परीक्षण गर्दा सङ्क्रमणमुक्त देखिए पनि खोप लगाएको छैन भने विद्यालय आउन नदिने निर्णय भएको शिक्षा मन्त्रालयले जनाएको छ।

सरकारले विद्यालय सञ्चालन गर्ने र त्यहाँ सहभागी सबैले कोरोना भाइरसविरुद्धको खोप अनिवार्य लगाएको हुनुपर्ने व्यवस्था गरेको छ। 

कोरोना भाइरसविरुद्धको खोप लगाएको कार्ड देखाएपछि मात्रै विद्यालय प्रवेश गर्न दिने व्यवस्था गरिएको अधिकारीहरूले जनाएका छन्। 

विद्यालयमा कोरोनाभाइरसको महामारी नफैलियोस् भन्ने उद्देश्यले खोप नलगाएका शिक्षकहरूलाई विद्यालय आउन नदिने व्यवस्था गरिएको उनीहरूले जनाएका छन्। 

त्यसैगरी यो निर्णयले सबैलाई कोरोनाभाइरस विरुद्धको खोप लगाउन दवाब सृजना गर्ने पनि सरकारी अधिकारीहरुले विश्वास व्यक्त गरेका छन्। 

सरकारले देशभरि खोप अभियानलाई तीव्रता दिएको छ। विशेष गरेर शिक्षा क्षेत्रका व्यक्तिहरुलाई अहिले खोपका लागि प्राथमिकता दिइएको छ।

Logo