चीनमा पानी जहाज दुर्घटना: बाह्रको मृत्यु, कैयौँ बेपत्ता

चीनमा पानी जहाज दुर्घटना: बाह्रको मृत्यु, कैयौँ बेपत्ता

केन्द्रबिन्दु
0
Shares

चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

जान्क नदीमा भएको दुर्घटनामा परी अरु तीन जना हराईरहेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

अत्यधिक भारीका कारण पानी जहाज पल्टिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

दुर्घटना भएका बेला जहाजमा कुल ४० यात्रु रहेका थिए । घटनापछि अरुलाई उद्धार गरिएको थियो भने हराईरहेकाहरुको अहिले पनि खोजी भइरहेको जनाइएको छ ।

खोजीका लागि ५० भन्दा बढी उद्धार जहाज, २१४ जना उद्धारकर्तालगायत परिचालन गरिएको छ । रासस/एएनआई

Logo