कारागारमा कैदीहरुबीच झडपः २४ जनाको मृत्यु, ४२ घाइते

कारागारमा कैदीहरुबीच झडपः २४ जनाको मृत्यु, ४२ घाइते

केन्द्रबिन्दु
0
Shares

इक्वेडरको एक कारागारमा भएको झडपमा परेर कम्तीमा पनि २४ जना कैदीको ज्यान गएको बताइएको छ। यहाँको कारागारमा राखिएका कैदीहरुबीच भएको झडपमा उनीहरु मारिएका हुन्। त्यसक्रममा अरु ४२ जना घाइते भएका छन्। 

घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। मंगलबार यहाँको समुन्द्रीय तटीय नगर गाकुइलमा रहेको जेलमा सो झडप भएको थियो। 

यहाँको राष्ट्रिय प्रहरीले ती कैदीहरुबीच के कति कारणले झडप भएको हो भन्ने बारेमा अनुसन्धान जारी रहेको जनाएको छ।

Logo