जापानको सत्तारुढ दलको अध्यक्षमा किशिडा निर्वाचित, प्रधानमन्त्रीमा चाँडै शपथ

जापानको सत्तारुढ दलको अध्यक्षमा किशिडा निर्वाचित, प्रधानमन्त्रीमा चाँडै शपथ

केन्द्रबिन्दु
0
Shares

जापानको सत्तारुढ दलको नयाँ अध्यक्षका रुपमा फुमिओ किशिडा निर्वाचित भएका छन् । 

लिवरल डेमोक्रयाटिक पार्टी (एलडीपी)को निर्वाचन समितिले बुधबार उनलाई निर्वाचित भएको घोषणा गरेको हो । 

जापानका पूर्व विदेशमन्त्री समेत रहेका किशिडाले २५७ मत ल्याएर जित हासिल गरेको निर्वाचन समितिले जनाएको छ । उनका प्रतिस्पर्धी तारो कोनोले भने १७० मत ल्याएका थिए । 

नवनिर्वाचित अध्यक्ष किशिडा पार्टीको संसदीय दलको अध्यक्षमा समेत निर्वाचत भइ प्रधानमन्त्री समेत हुने संभावना छ । 

उनले वर्तमान प्रधानमन्त्री योशिहिडे सुगालाई विस्थापित गर्नेछन् । सुगाले पार्टी अध्यक्षमा उम्मेदवारी नदिएपछि किशिडाले निर्वाचित हुने मौका पाएका हुन्।

सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेको र कोरोनाभाइरसको महामारीको सन्तोषजनक व्यवस्थापन गर्न नसकेकोभन्दै आलोचना भएपछि सुगाले प्रधानमन्त्रीबाट आफै पछि हट्ने निर्णय गरेका थिए । उनी प्रधानमन्त्री भएको झण्डै एक बर्षमै विदा हुँदैछन् । रासस/सिन्ह्वा
 

Logo