जापानकी राजकुमारी माको सर्वसाधारण युवकसँग विवाह बन्धनमा बाँधिदै, शाही उपाधि खोसिने

जापानकी राजकुमारी माको सर्वसाधारण युवकसँग विवाह बन्धनमा बाँधिदै, शाही उपाधि खोसिने

केन्द्रबिन्दु
0
Shares

जापानकी राजकुमारी माकोले यही अक्टोबर महिनामा बिहे गर्ने भएकी छिन् ।

जापानकै एक सर्वसाधारण युवकसँग प्रेम सम्बन्धमा रहेकी माकोले अहिले मात्रै बिहेको मिति घोषणा गरेकी हुन्।

उनले आफ्ना प्रेमीसँग बिहे गर्ने घोषणा भने यसअघि नै गरि सकेकी थिइन् । मिति भने तय भएको थिएन ।

झण्डै एक वर्ष अगाडि राजकुमारीले सर्वसाधारण युवकसँग बिहे गर्ने घोषणा गरेपछि त्यतिबेला केही विवाद र चर्चा समेत भएको थियो ।

उनले बिहे गर्दा पारिवारिक तथा परम्परागत प्रक्रिया भने अपनाइने छैन  । राजपरिवारका अन्य सदस्यको भन्दा उनको बिहे धेरै फरक हुने भएको छ ।

स्रोतले माकोको वैवाहिक समारोह, भोजभतेर र अन्य सांस्कृति कथा परम्परागत कुनैपनि गतिविधि नगरिने तय भएको पनि दाबी गरेको छ ।

जापानका सम्राट नारुहितोकी भतिजी माको सन् २०१७ देखि नै एक सर्वसाधारण युवक केइ कोमुरोसँग प्रेम सम्बन्धमा थिइन् ।

सर्वसाधारण युवकसँग बिहे गर्न २९ वर्षीया राजकुमारी माकोलाई राजपरिवारले अनुमति दिए पनि कतिपयले भने आलोचना गरेका छन् ।

सर्वसाधारणसँग बिहे गरेपछि उनले शाही उपाधि र सम्मान गुमाउने छिन् ।

राजकुमारी माकोको यो निर्णयबाट राजपरिवारका अधिकांश सदस्य दुःखी भएको जनाइएको छ । उनीहरु बिहेपछि अमेरिका बस्ने बताइएको छ । रासस\एएफपी 

Logo