विश्वका ७५ देशद्वारा कोरोनाको खोप उपलब्धताका लागि आग्रह

विश्वका ७५ देशद्वारा कोरोनाको खोप उपलब्धताका लागि आग्रह

केन्द्रबिन्दु
0
Shares

विश्वका ७५ देशले कोरोना भाइरसविरुद्धको खोपको अधिकारका लागि आवाज उठाएका छन्। ती देशले संसारका सबै देशले कोरोनाविरुद्धको खोप पाउनुपर्ने भन्दै यसका लागि आफ्नो पक्षबाट आवाज उठाउने पनि जनाएका छन्। 

संयुक्त राष्ट्रसंघको महासभामा आएका ती देशले विश्व नै महामारीको चपेटामा परेकाले विश्वका सबै देशहरुलाई नै महामारीबाट बच्ने अधिकार रहेको र यसका लागि खोपको उपलब्धता हुनुपर्ने बताएका हुन्। महासभामा आयोजना गरिएको एक बैठकमा विश्वका ती देशले कोरोना भाइरस महामारीको कुनै सीमा नरहेको र विश्वका देशहरुमा पनि एकनासले यसले प्रवेश गरेको भन्दै उनीहरुले सो आवाज उठाएका हुन्। 

उक्त बैठकमा चीन पनि सहभागी रहेको थियो। चीन कोरोना भाइरसविरुद्धको खोप उत्पादन गर्ने ठूला देशहरु मध्येको एक हो। सो बैठकमा चीनले पनि विश्वमा खोपमा समानता हुनुपर्ने बताएको थियो। राष्ट्रसंघमा चिनियाँ प्रतिनिधिले सो धारणा राखेका थिए। 

सो बैठकमा सहभागी भएपछि ती देशका प्रतिनिधिहरुले कोरोना भाइरसलाई विश्वकै जनस्वास्थ्यको एक प्रमुख चुनौतीका रुपमा लिँदै त्यसका विरुद्धमा लड्न सबैको आवश्यक सहयोग रहेको बताएका थिए। 

Logo