हुथी विद्रोही र यमनी सेनाबीच भएको भीडन्तमा८० भन्दा बढीको मृत्यु

हुथी विद्रोही र यमनी सेनाबीच भएको भीडन्तमा८० भन्दा बढीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

यमनको मारिब शहरमा हुथी विद्रोही र सरकार समर्थित सेनाका बीचमा मगलबार भएको भीडन्तमा परी ८० भन्दा बढी मारिएका  छन्।

उक्त शहरलाई नियन्त्रणमा लिनका लागि हुथी विद्रोहीहरुले भीडन्त सुरु गरेका थिए । त्यस क्रममा भएको भीडन्तमा परी ८२ जनाको ज्यान गएको हो ।

यसरी मारिनेमध्येमा अधिकांश हुथी विद्रोही रहेका छन् । यसरी मारिनेमा ७४ जना हुथी विद्रोही लडाकू र अरु आठ जना यमनका सेना रहेका यहाँको सैन्य स्रोतले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा ७४ विद्रोही मारिएका छन्– सैन्य स्रोतलाई उद्धृत गर्दै समाचारमा भनिएको छ ।

समाचारअनुसार अधिकांश विद्रोहीहरु मारिब शहरको पश्चिमी क्षेत्रमा साउदी अरेबिया र यमनको सैन्य गठबन्धनले गरेको हवाइ कारबाहीमा परी मारिएका हुन् ।

पछिल्लो समय साउदीसमर्थित सरकारको नियन्त्रणमा रहेको अन्तिम गढ मारिबलाई हुथी विद्रोहीले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । सोही क्रममा भएको भीडन्तमा पछिल्लो पटक यो हताहत भएको हो ।

इरानसमर्थित हुथी विद्रोहीले तेल खानीको ठूलो भण्डार रहेको उक्त शहरमा पुनः आक्रमण गर्न थालेपछि यस महिनामा मात्रै सयौंको ज्यान गएको छ ।

यहाँ गएको हप्तामा पनि दर्जनौँ हुथी विद्रोही लडाकू मारिएका थिए । रासस /सिन्ह्वा

Logo