गुर्नाहलाई साहित्यमा नोबेल पुरस्कार

गुर्नाहलाई साहित्यमा नोबेल पुरस्कार

केन्द्रबिन्दु
0
Shares

यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार उपन्यासकार अब्दुलरजाक गुर्नाहले पाउने भएका छन् ।

बिहीबार स्वीडिस एकेडेमीले यस वर्षको नोबेल पुरस्कार तान्जानियाका गुर्नाहलाई दिने निर्णय गरेको हो ।

आफ्नो कृतिमा समावेश गरेको उपनिवेशवादको प्रभाव र संस्कृति तथा खाडी क्षेत्रमा शरणार्थीको भाग्यको विषयमा गरेको चित्रणको लागि उनलाई नोबेल पुरस्कार दिने निर्णय गरिएको हो ।

सन् १९४८ मा जन्मिएका गुर्नाहको बाल्यकाल तान्जानियाको जन्जिबार टापुमा बितेको थियो ।उनी सन् १९६० को दशकमा शरणार्थीको रुपमा बेलायत पुगेका थिए । 

गुर्नाहका १० उपन्यास प्रकाशित छन् । उनले धेरै छोटो कथाहरु पनि लेखेका छन् । उनका धेरैजसो लेखनमा शरणार्थीहरुको समस्या नै चित्रण गरिएको हुन्छ ।

 

Logo