भारतमा कोरोनाबाट २१ हजार सङ्क्रमित थपिए

भारतमा कोरोनाबाट २१ हजार सङ्क्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

भारतमा कोरोना भाइरसबाट थप २१ हजारभन्दा बढी सङ्क्रमित भएका छन्। अधिकारीहरुले शुक्रबार बिहान दिएको जानकारीअनुसार भारतमा थप २१ हजार २५७ जना सङ्क्रमित भएका हुन्। 

केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा पछिल्ला केही दिनदेखि दैनिक औसतमा २० हजार नयाँ सङ्क्रमित थपिने गरेको जनाएको छ। भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दुई लाख ४० हजार २२१ जना रहेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन्। 

यो सङ्ख्या २०५ दिनपछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयले जनाएको छ। भारतमा पछिल्लो समयमा दैनिक सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढ्दै गइरहेको र नयाँ थपिने सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि कम हुँदै गएको हो। 

Logo