विश्व स्वास्थ्य संगठनद्वारा सन् २०२१ सम्म ४० प्रतिशत जनसंख्यालाई खोप लगाउने लक्ष्य निर्धारण

विश्व स्वास्थ्य संगठनद्वारा सन् २०२१ सम्म ४० प्रतिशत जनसंख्यालाई खोप लगाउने लक्ष्य निर्धारण

केन्द्रबिन्दु
0
Shares

विश्व स्वास्थ्य संगठनले सन् २०२१ को अन्त्यसम्ममा विश्वका कम्तीमा पनि ४० प्रतिशत जनसंख्यालाई खोप लगाइसक्नु पर्ने लक्ष्य निर्धारण गरेको छ। 

विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशमा सन् २०२२  को मध्यसम्ममा कम्तीमा पनि ७० प्रतिशत नागरिकले दुवै अर्थात् पूरा मात्रा खोप लगाउनु पर्ने लक्ष्य निर्धारण गरेको गत बुधबार सार्वजनिक गरेको हो। 

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेडरस आधनम गेब्रियसले ती लक्ष्यका बारेमा विश्वका देशहरुलाई जानकारी गराएका हुन्। उनले विश्वमा कोरोनाविरुद्धको खोप एक चुनौती बन्दै गएको भन्दै यसका लागि आवश्यक वातावरण बनाउन पनि विश्वका देशहरुलाई आग्रह गरेका छन्। 

उनले बाँच्न पाउनु हरेक नागरिकको अधिकार हो भन्दै विश्वका धनी देशहरुले गरिब तथा तेस्रो विश्वका देशहरुलाई कोरोनाविरुद्धको खोपको सहयोगका लागि पनि आग्रह गरेका छन्।

Logo