विषाक्त मदिराका कारण रुसमा १४ को मृत्यु

विषाक्त मदिराका कारण रुसमा १४ को मृत्यु

केन्द्रबिन्दु
0
Shares

विषाक्त मदिरा सेवनका कारण रुसमा १४ जनाको मृत्यु भएको छ ।

विषाक्त मदिरा सेवन गरेपछि २२ जना विरामी भएकामा १४ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

गभर्नर डेनिस पास्लरले घटनाका बारेमा अनुसन्धान गरी दोषीमाथी कारबाही गराउन सम्वन्धित अधिकारीहरुलाई निर्देशन दिइसकेका छन् ।

ओर्सक सहरमा विषाक्त मदिरा बनाएको अभियोगमा २९ बर्षिय एक व्यक्तिलाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।

प्रारम्भिक अध्ययनले ठूलो मात्रामा मदिरा बनाएर बेचेको देखाएको पनि अनुसन्धानकर्ताहरुको भनाई छ । त्यसैका कारण अरु धेरैको मृत्यु भएको हुन सक्ने दाबी गरिएको छ । रासस/एएफपी

Logo