कङ्गोमा डुङ्गा दुर्घटनाः १०० भन्दा बढीको मृत्यु, ३९ यात्रुकाे जीवितै उद्दार

कङ्गोमा डुङ्गा दुर्घटनाः १०० भन्दा बढीको मृत्यु, ३९ यात्रुकाे जीवितै उद्दार

केन्द्रबिन्दु
0
Shares

डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा डुङ्गा दुर्घटनामा परी  १०० भन्दा बढी मानिसहरूको मृत्यु भएको वा बेपत्ता भएको अधिकारीहरूले बताएका छन्।

कङ्गोमा भइरहने सामुद्रिक दुर्घटनाको यो पछिल्लो शृङ्खला थियो। यहाँका मानिसहरू देशकै ठूलो कङ्गो नदीमा असुरक्षित यात्रा गर्न बाध्य छन्। उत्तर पश्चिमी प्रान्त मोंगलाका गभर्नरका प्रवक्ता नेस्टर मग्बाडोले एएफपीलाई जनाएअनुसार सोमबारदेखि मङ्गलबार रातिसम्म उक्त दुर्घटनामा हराइरहेका ६१ जानको शव निकालिएको छ भने अन्य  ६० जना अझै बेपत्ता रहेको विश्वास  गरिएको छ। उक्त दुर्घटनामा ३९ जना यात्रुहरू भने जीवित रहेका छन्।

यात्रुको यकिन सङ्ख्या भने जानकारी छैन। सङ्ख्या भने डुङ्गाको क्षमताको आधारमा गरिएको अनुमान मात्र हो । यो एक प्रकारको परम्परागतरूपमा बनाइएको काठको ढुङ्गा हो। प्रवक्ताका अनुसार उक्त दुर्घटना रात्रीको समयमा खराब मौसम वा अत्यधिक यात्रुहरूको चापका कारण भएको हुनसक्छ। 

पीडितहरुमा प्रायः प्रान्तीय राजधानी बुम्बामा यात्रा गर्ने फेरीवाला र विद्यार्थीहरु रहेका छन्। प्रवक्ता मग्बाडोले उक्त घटनाको थप अध्ययन र उद्धार कार्य जारि रहेको बताएका छन्।रासस

Logo