इतिहासमा आजः इटालीका आरोही मेस्नरको लोत्से आरोहणदेखि चीनको पहिलो आणविक परीक्षणसम्म

इतिहासमा आजः इटालीका आरोही मेस्नरको लोत्से आरोहणदेखि चीनको पहिलो आणविक परीक्षणसम्म

केन्द्रबिन्दु
0
Shares

आज १६ अक्टोबर। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

किर्तिमानी आरोही मेस्नरको लोत्से हिमाल आरोहण

इटालीका आरोही रेनहोल्ड मेस्नरले नेपालको चौथो ठूलो हिमाल माउन्ट लोत्से आरोहण गरेका थिए। मेस्नर नेपालका सबै आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्ने पहिलो आरोही हुन्। 

चीनको पहिलो आणविक परीक्षण

सन् १९६४ मा चीनले लोप नुर भन्ने स्थानबाट पहिलो आणविक परीक्षण गरेको थियो। ची–१ नाम दिइएको परमाणु शक्तियुक्त उपकरणबाट २२ किलो टन युरेनियम बिस्फोट गराइएको थियो। यो परीक्षणसँगै अमेरिका र रसियापछि चीन विश्वको तेस्रो आणविक सम्पन्न राष्ट्र बनेको थियो।

खाद्य तथा कृषि संगठन

सन् १९४५ मा क्यानडाको क्युवेकमा राष्ट्रसंघको खाद्य तथा कृषि संगठन स्थापना भएको थियो। 

वाल्ट डिस्ने स्थापना

सन् १९२३ मा अमेरिकाका दुई दाजुभाइ वाल्ट र रोयले वाल्ट डिस्ने कम्पनी खोलेका थिए। मनोरन्जन दिने उद्देश्यले खोलिएको यो कम्पनी अहिले कार्टुन र एनिमेटेड मुभीको पर्यावाची बनेको छ।एजेन्सी

Logo