सांसदको हत्यामा मुस्लिम अतिवादीको संलग्नताः बेलायत प्रहरी

सांसदको हत्यामा मुस्लिम अतिवादीको संलग्नताः बेलायत प्रहरी

केन्द्रबिन्दु
0
Shares

बेलायतमा कन्जरभेटिभ पार्टीका सांसद सर डेभिड अमिसको हत्यालाई बेलायत प्रहरीले आतंककारी हमला भनेको छ। डेभिडको शुक्रबार एसेक्सको लेग अन सीमा छुरा प्रहार गरी हत्या भएको थियो। आक्रमणमा मुस्लिम अतिवादीको सम्बन्ध रहेको हुन सक्ने महानगरीय प्रहरीले जनाएको छ। 

हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक २५ वर्षीय बेलायतीलाई पक्राउ गरेको छ। अनुसन्धानका क्रममा प्रहरी अधिकारीहरुले अहिले लन्डन क्षेत्रका दुई वटा ठेगाना खोजी गरिरहेका छन्। सो हमला एक जना व्यक्तिले नै गरेको प्रहरीको विश्वास छ। तर, घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

पक्राउ परेका व्यक्ति इसेक्समा थुनामा छन्। उनी सोमालियाली मूलका बेलायती नागरिक भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ। साउदइन्ड वेस्टबाट प्रतिनिधित्व गर्ने ६९ वर्षीय डेभिडको शुक्रबार एउटा चर्चमा चक्कु प्रहर गरी हत्या भएको थियो।एजेन्सी

Logo