इतिहासमा आजः तेलमाथि ओपेकको प्रतिवन्धदेखि मदर टेरेसालाई नोबेल शान्ति पुरस्कारसम्म

इतिहासमा आजः तेलमाथि ओपेकको प्रतिवन्धदेखि मदर टेरेसालाई नोबेल शान्ति पुरस्कारसम्म

केन्द्रबिन्दु
0
Shares

आज १७ अक्टोबर। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ आज भएका केही महत्वपूर्ण घटनाः

क्यालिफोर्नियामा शक्तिशाली भूकम्प
सन् १९८९ मा अमेरिकाको क्यालिफोर्नियास्थित लोमा प्रिटामा ६ दशमलब ९ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पपछि घर तथा भवन भत्किदा ६० जनाको मृत्यु भएको थियो। सो भूकम्प अमेरिकामा सन् १९०६ को सान फ्रान्सिस्को भूकम्पपछिको पहिलो ठूलो भूकम्प मानिन्छ।  

तेलमाथि ओपेकको प्रतिवन्ध
सन् १९७३ मा पेट्रोल निर्यात गर्ने देशहरूको संगठन ओपेकले इजरेललाई समर्थन गर्ने देशमाथि तेल प्रतिवन्धको घोषणा गरेको थियो। इजरेल र अरब राष्ट्रहरूको गठबन्धनबीच भएको योम किपुर युद्धको समयमा ओपकले प्रतिवन्ध लगाएको थियो। प्रतिवन्धका कारण विभिन्न देशमा तेल अभाव भएको थियो। सन् १९७४ को मार्चमा प्रतिवन्ध हटाइएको थियो।

कुलिन ला रिंगो नरसंहार
सन् १८६१ मा अस्ट्रेलियाका गोरा आदिवासीको बस्तीमा ठूलो नरसंहार भएको थियो। स्थानीय राजनीतिज्ञ होरासियो विल्सले अहिलेको मध्य क्वन्सिल्यान्डस्ति कुलिन ला रिंगोमा एउटा शिविर खडा गरेर नियोजित तरिकाले विपक्षीको नरसंहार गरेका थिए। नरसंहारमा १९ जनाको मृत्यु भएको थियो। 

टेरेसालाई नोबेल पुरस्कार
सन् १९७९ मा प्रेम र अनुकम्पाकी प्रतिक तथा रोमन क्याथोलिक अर्डरकी संस्थापक मदर टेरेसालाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। टेरेसाले आफ्नो अधिकांश जीवन गरिब र दुःखीको सेवामा बिताएकी थिइन्।न्युज कारखाना

Logo