सुडान संकटः सेनालाई ‘कु’ गर्न दुरुत्साहन गर्दै हजारौं मानिस सडकमा उत्रिए

सुडान संकटः सेनालाई ‘कु’ गर्न दुरुत्साहन गर्दै हजारौं मानिस सडकमा उत्रिए

केन्द्रबिन्दु
0
Shares

सुडानमा विपक्षीहरु त्यहाँको सेनालाई कु गर्न दुरुत्साहन गर्दै सडकमा उत्रिएका छन्। सुडानमा राजनीतिक संकट बढिरहेका बेला हजारौं प्रदर्शनकारीले राष्ट्रपति भवनबाहिर भेला भएर सैन्य कुको आह्वान गरेका हुन्। 

सन् २०१९ मा राष्ट्रपति ओमार अल बसिरको सत्ता ढलेपछि सुडानमा नागरिक समूह र सेनाले सत्ता साझेधार गर्दै आएका छन्।
 
यही सेप्टेम्बरमा बसिरका समर्थकहरुले असफल सत्तापलटको प्रयास गरेपछि तनाब चर्किएको छ।  सेनाका नेताहरुले बसिरविरोधी प्रदर्शनको नेतृत्व गरेको नागरिक गठबन्धन समूह फोर्सेस अफ फ्रिडम एन्ड चेन्ज (एफएफसी) मा सुधारको माग गरेका छन्। फोर्स संक्रमणकालिन सरकारको साझेधारसमेत हो। 

सेनाले पनि क्याबिनेटमा परिवर्तन गर्नुपर्ने माग गरेको छ। तर, नागरिक नेताहरुले सेनाले कु को षडयन्त्र गरेको आरोप लगाउँदै आएका छन्। 

शनिबार सेनाका समर्थकहरुले सरकार अपदस्थ गर्न त्यहाँका सेना प्रमुख जनरल अब्देल फताह अल बुरहानलाई आह्वान गरेका थिए। ‘हामीलाई सैन्य सरकार चाहिन्छ। वर्तमान सरकारले न्याय र समानता प्रदान गर्न बिफल भयो।’ एक प्रदर्शनकारीले भने। 

शनिबार यसअघिका भएका प्रदर्शनमा जस्तो राष्ट्रपतिको गेटमा सुरक्षा व्यवस्था कडा गरिएको थिएन। प्रदर्शनकारी नियन्त्रण गर्न सुरक्षाकर्मीको पनि खासै उपस्थिति देखिँदैनथ्यो। 

यसैबीच, सरकारका समर्थकले पनि बिहीबार प्रदर्शन गर्ने भएका छन्। शुक्रबार मात्र सुडानका नागरिक प्रधानमन्त्री अब्दुल्लाह ह्यामडकले देशको खराब र खतरनाक राजनीतिक संकटसँग जुध्न एउटा योजना सार्वजनिक गरेका थिए।एजेन्सी

Logo