रुसले आयोजना गरेको अफगानिस्तानबारेकाे वार्तामा अमेरिका सहभागी नहुने

रुसले आयोजना गरेको अफगानिस्तानबारेकाे वार्तामा अमेरिका सहभागी नहुने

केन्द्रबिन्दु
0
Shares

संयुक्त राज्य अमेरिकाले अफगानिस्तानका बारेमा यसै हप्ता आयोजित वार्तामा आफू सहभागी नहुने जनाएको छ।

यसै हप्ता अफगानिस्तानका विषयमा रुसले वार्ताको आयोजना गरेको छ। तर सो वार्तामा आफू सहभागी नहुने अफगान विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले भनेका छन्–'केही प्राविधिक कारणहरुले गर्दा रुसले आयोजना गरेको त्यस वार्तामा हामी सहभागी हुन सक्दैनौँ।' तर ती के प्राविधिक कारण हुन् भन्ने बारेमा भने उनले केही बताएका छैनन्। 

उता रुसका विदेशमन्त्रीले भने यसै हप्ता रुसले अफगानिस्तानका विषयमा वार्ताको आयोजना गरेको र त्यसमा अमेरिकालाई पनि आमन्त्रण गरिएको बताएका थिए।

Logo