काेराेना अपडेटः भारतमा १३ हजार ५८ नयाँ सङ्क्रमित थपिए

काेराेना अपडेटः भारतमा १३ हजार ५८ नयाँ सङ्क्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

पछिल्लो एक दिनमा भारतमा १३ हजार ५८ जना थप कोरोना भाइरसका सङ्क्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ। यो सङ्ख्या २३१ दिनयताको सबैभन्दा कम भएको पनि सो मन्त्रालयले जनाएको छ। 

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने १ लाख ८३ हजार ११८ रहेको अधिकारीले जनाएका छन् । यो सङ्ख्या २२७ दिन यताको सबैभन्दा कम भएको पनि जनाइएको छ। हाल सक्रिय सङ्क्रमित संख्या कूल सङ्क्रमितको ०.५४ प्रतिशत मात्र रहेको मङ्गलबार प्राप्त समाचारमा जनाइएको छ। 

कोरोना भाइरसको महामारी शुरु भएयता हाल सङ्क्रमणमुक्त दर ९८ः१४ प्रतिशत भएको मन्त्रालयले मङ्गलबार जनाइएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा ५९ करोड ३१ लाख व्यक्तिको कोरोना भाइरसको परिक्षण भएको छ।
 
भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयदेखि हालसम्म ९८ करोड ६७ लाख डोज खोप लगाइएको पनि सो मन्त्रालय जनाएको छ।

Logo