भारतमा नौ महिनामा एक अर्बले लगाए कोभिडविरुद्धको खोप

भारतमा नौ महिनामा एक अर्बले लगाए कोभिडविरुद्धको खोप

केन्द्रबिन्दु
0
Shares

भारतमा कोभिड खोप लगाउनेको संख्या आजदेखि एक अर्ब पुग्दैछ। बुधबारसम्म ९९ करोड ७० लाखले कोभिडबिरुद्धको खोप लगाएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आज बिहीबार कम्तिमा ३० लाखले खोप लगाउने कार्यक्रम छ। 

सरकारले नौ महिनाअघि कोभिडबिरुद्धको खोप अभियान चलाएको थियो। छोटो समयमा नै धैरै नागरिकले खोप लगाएको भन्दै नरेन्द्र मोदी नेतृत्वको सरकारले यसलाई ठूलो सफलता बताएको छ। 

संघीय स्वास्थ्य मन्त्री मन्सुख मन्दाभियाले कोभिड खोप लगाउन छुटेका सबै नागरिकलाई तत्काल खोप लगाउन आह्वान गर्दै कोभिडबिरुद्धको एतिहासिक यात्रामा योगदान दिन आग्रह गरेका छन्। 

एक अर्ब जनसंख्याले खोप लगाएको अवसरमा भारतले बिहीबार विशेष कार्यक्रम मनाउँदैछ। रेल, विमान र पानीजहाजबाट लाउडस्पिकरमार्फत एक अर्ब जनसंख्याले खोप लगाएको घोषणापछि कोभिड सचेतनासम्बन्धी विशेष कार्यक्रम आयोजना गरिनेछन्।एजेन्सी

Logo