जलवायु परिवर्तनले भू-राजनीतिक तनाव बढ्ने अमेरिकी खुफिया एजेन्सीको चेतावनी

जलवायु परिवर्तनले भू-राजनीतिक तनाव बढ्ने अमेरिकी खुफिया एजेन्सीको चेतावनी

केन्द्रबिन्दु
0
Shares

अमेरिकी खुफिया एजेन्सी अफिस अफ नेसनल इन्टेलिजेन्सीले ११ मुलुक जलवायु परिवर्तनको सबैभन्दा बढी मारमा पर्ने चेतावनी दिएको छ।

भारत, पाकिस्तान, अफगानिस्तान, म्यान्मार, इराक़, उत्तर कोरिया, ग्वाटेमाला, हैटी, होन्डरस, निकारागुआ र कोलम्बियालाई जलवायु परिवर्तनको असरको ‘चिन्ताजनक’ देशकाे सूचीमा राखिएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

यी मुलुकले जलवायु परिवर्तनको दुष्प्रभावसँग लड्न निकै सामना गर्नुपर्नेछ। तर यी देशले जलवायु परिवर्तनको असरसँग लड्न कुनै तयारी नगरेको दाबी पनि खुफिया एजेन्सीले गरेको छ।

जलवायु परिवर्तनका कारण  भू-राजनीतिक तनाव पनि बढ्ने चेतावनी दिइएको छ। बढ्दो तापमान, पानीको अनुपलब्धता र अप्रभावी सरकारका कारण अफगानिस्तानको स्थिति झनैं चिन्ताजनक रहेको भनिएको छ। दक्षिण एसियाली मुलुकमा पानीलाई लिएर विवाद हुने र यो ‘भूराजनीतिक’ तनावको मुख्य कारण बन्ने औँल्याइएको छ।

जलवायु परिवर्तनका कारण मध्य अफ्रिकी र प्रशान्त क्षेत्रका साना मुलुकमा अस्थिरताको खतरा बढ्ने र जसको असर विश्वका विपन्न जनसंख्यामा पर्ने खुफिया एजेन्सीले उल्लेख गरेको छ।एजेन्सी

Logo