इतिहासमा आजः प्यारासुटबाट हाम फाल्ने पहिलो व्यक्तिदेखि भारतको पहिलो लुनार मिसनसम्म

इतिहासमा आजः प्यारासुटबाट हाम फाल्ने पहिलो व्यक्तिदेखि भारतको पहिलो लुनार मिसनसम्म

केन्द्रबिन्दु
0
Shares

भारतको पहिलो लुनार मिसन
सन् २००८ मा भारतको अन्तरिक्ष अनुसन्धान संगठनले मानवरहित यान अन्तरिक्षमा पठाएको थियो। चन्द्रयान–१ नाम दिइएको सो यान सन् २००८ को १४ नोभेम्बरमा चन्द्रमामा अवतरण गरेको थियो। यस उपलब्धिसँगै चन्द्रमामा यान पठाउने भारत पाँचौँ देश बनेको थियो।
 
चीनमा लङ मार्च समाप्त
सन् १९३६ मा चीनका नेता माओ जेदोङको नेतृत्वमा भएको रेड आर्मीका सदस्यहरुले सुरु गरेको ६ हजार माईल लामो यात्रा द लङ मार्च समाप्त भएको थियो। 
 
प्यारासुटबाट हाम फाल्ने पहिलो व्यक्ति
सन् १९७९ मा फ्रान्सेली नागरिक एन्ड्रि ज्याक्स गारनेरिन फ्रान्सको राजधानी पेरिसस्थित पार्कबाट बेलुनमार्फत उडेर इतिहास रचेका थिए।
 
जुलियान असान्जको चुहावट
सन् २०१० मा विकिलिक्सका संस्थापक जुलियान असान्जले इराक र अफगानिस्तान युद्धसँग सम्बन्धित हजारौ गोप्य कागजात चुहावट गरेका थिए।

हेईटीको राष्ट्रपति
सन् १९५७ मा फान्कोइस दुभालियर हेइटीको राष्ट्रपति बनेका थिए।

Logo