इतिहासमा आजः फुटबल बादशाह पेलेको जन्मदेखि चेचेन बिद्रोहीद्वारा १७० जना बन्धकसम्म

इतिहासमा आजः फुटबल बादशाह पेलेको जन्मदेखि चेचेन बिद्रोहीद्वारा १७० जना बन्धकसम्म

केन्द्रबिन्दु
0
Shares

आज २३ अक्टोबर। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटना विकसित भएका थिए। प्रस्तुत छ आज भएका केही घटनाः
 
चेचेन बिद्रोहीद्वारा १७० जना बन्धक

मोभासर बारेभले नेतृत्व गरेको करिब ५० चेचेन बिद्रोहीको समूहले सन् २००२ का मस्कोस्थित एक नाट्यशाला कब्जा गरी ८५० जनालाई बन्धक बनाएका थिए। विद्रोहीले सर्वसाधारणलाई तीन दिनसम्म बन्धक बनाएका थिए। बन्धक बनाइएका व्यक्तिलाई रिहा गर्ने क्रममा प्रहरी र विद्रोहीबीचको गोली हानाहानमा १७० जनाको मृत्यु भएको थियो।

बेरुत बम हमला
सन् १९८३ मा लेबनानको गृहयुद्धमा अमेरिका र फ्रान्सको ब्यारेकअगडि भएका दुई वटा बम बिस्फोटमा ३०० फ्रान्सेली र अमेरिकी सेनाको मृत्यु भएको थियो। जिहादी समूहले सो बिस्फोटको जिम्मा लिएको थियो।
 
जाँ पाल सात्रद्वारा नोबेल पुरस्कार अस्वीकार
सन् १९६४ मा फ्रान्सका प्रसिद्ध दार्शनिक तथा साहित्यकार जाँ पाल सात्रले आफूलाई प्रदान गरेको साहित्यतर्फको नोबेल पुरस्कार अस्वीकार गरेका थिए।
 
फुटबल बादशाह पेलेको जन्म
आजकै दिन अर्थात २३ अक्टोबर १९४० मा ब्राजिलका फुटबल बादशाह पेलेको जन्म भएको थियो। ८० वर्षीय पेलेको वास्तविक नाम इडसन आरेन्टेस डो नासिमेन्टो हो।एजेन्सी

Logo