जब प्रहरीले नै चोरलाई लुटे…

जब प्रहरीले नै चोरलाई लुटे…

केन्द्रबिन्दु
0
Shares

सामान्यतया प्रहरीले जनधनको सुरक्षा गर्छ र समाजका अपराधिक गतिविधि रोक्छ। चोरी गरेको वस्तु फेला पारेमा प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझाइदिन्छन्। तर, उत्तर प्रदेशमा भने एउटा अनौठो घटना भएको छ। प्रहरीले नै चोरलाई नै लुटेका छन्। 

दुई जना चोरले चोरेको पैसा आफूले लिएर प्रहरीले उनीहरूलाई जिल्लाको सीमा कटाइदिएका छन्। रसलपुर प्रहरी स्टेसन क्षेत्रबाट एउटा रिक्साका यात्रुबाट दुई वटा चोरले एक लाख १० हजार भारु चोरेका थिए। सीसी क्यामरामा कैद भएको दृश्यको आधारमा चोर पक्राउ परेका थिए। 

फिरोजावादका एसएसपी अशोककुमारका अनुसार पक्राउ परेका चोरहरुसँग पैसाबारे सोध्दा उनीहरुले प्रहरीलाई नै दिएको बताएका थिए। अनुसन्धानका क्रममा चार जना प्रहरीले चोरबाट ९६ हजार लिएर उनीहरुलाई सीमा कटाइदिएको खुलासा भएको थियो। 

घटनाका दोषीमाथि थप अनुसन्धान गरिएको एसएसपी अशोककुमारले जानकारी दिए।एजेन्सी

Logo