इतिहासमा आजः राष्ट्रसंघको स्थापनादेखि जाम्बियाको स्वतन्त्रतासम्म

इतिहासमा आजः राष्ट्रसंघको स्थापनादेखि जाम्बियाको स्वतन्त्रतासम्म

केन्द्रबिन्दु
0
Shares

आज अक्टोबर २४। आज विश्व इतिहासमा विभिन्न राजनीतिक तथा सामाजिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

चीनको चन्द्रमामा अभियान
सन् २००७ मा चीनको पहिलो लुनार एक्सप्लोरेसन प्रोग्राम सुरु भएको थियो । यस कार्यक्रमअन्तर्गत चीनले मानवरहित यान चेन्ज १ लाई चन्द्रमामा पठाएको थियो। एक वर्षसम्म चन्द्रमाको कक्षमा घुमेपछि सो यान सन् २००९ को २ मार्चमा दुर्घटनामा परेको थियो। 

जाम्बियाको स्वतन्त्रता
सन् १९६४ मा जाम्बिया स्वतन्त्र भएको थियो। स्वतन्त्र हुनुअघि अफ्रिकी देश जाम्बिया बेलायतको अधिनमा थियो। 

राष्ट्रसंघको स्थापना 
आजकै दिन राष्ट्रसंघको स्थापना भएको थियो। सन् १९४५ को २४ अक्टोबरमा पाँच स्थायी सदस्य र ४६ सदस्य राष्ट्रले राष्ट्रसंघको चार्टर अनुमोदन गरेपछि राष्ट्रसंघको बिधिवत स्थापना भएको थियो।  

ब्राजिलमा सेनाको कु
सन् १९३० मा ब्राजिलका तत्कालिन राष्ट्रपति वासिंगटन लुइसलाई त्यहाँका सेना प्रमुखले अपदस्थ गरेका थिए। उनी निर्वाचित भएको चार वर्षपछि सेनाले अपदस्थ गरेको थियो।एजेन्सी 

Logo