अब चिनियाँ विद्यालयले विद्यार्थीलाई लोड हुने गरी होमवर्क दिन नपाउने

अब चिनियाँ विद्यालयले विद्यार्थीलाई लोड हुने गरी होमवर्क दिन नपाउने

केन्द्रबिन्दु
0
Shares

विद्यालय समयपछि दिइने होमवर्कका कारण अधिकांश बालबालिकामा मानसिक बोझ महशुस गर्छन्। यस्तै बोझलाई महशुस गर्दै चीनले एउटा शिक्षासम्बन्धी विद्येयक पारित गरेको छ। 

जसअनुसार कुनै पनि विद्यालयले विर्थाीलाई धेरै होमवर्क दिन पाउने छैनन्। चीनको नाम मात्रको संसद नेसनल पिपुल्स कंग्रेसले नयाँ विद्येयक पारित गरेर विद्यार्थीमा होमवर्कको लोड हटाउने कानुनी व्यवस्था गरेको हो।  

सो कानुनको पूर्ण विवरण चिनियाँ सञ्चार माध्यमहरुले सार्वजनिक गरेका छैनन्। तर, त्यसले अभिभावकलाई बालबालिकाको बौद्धिक विकास र नैतिकता  प्रदर्शन गर्न उत्प्रेरित गर्ने सरकारको दाबी छ। 

यसअघि सरकारले ६ र सात वर्षका बालबालिकाका लागि लिखित परीक्षाको व्यवस्था हटाएको थियो। सरकारले बालबालिकालाई पर्याप्त आराम गर्न र उनीहरूलाई धेरै समय इन्टरनेटमा झुम्मिने परिस्थिति नबनाउन आग्रह गरेको छ।

गत बर्ष चीनले बालबालिकामा विद्यमान इन्टरनेट तथा पप संस्कृतिको कुलत घटाउन विभिन्न उपाय थालेको थियो।

सरकारले ल्याएको नयाँ विद्येयकबारे त्यहाँको सामाजिक सञ्जाल विबोमा मिश्रित प्रतिकृया देखिएको छ। सरकारको कदमको प्रशंसा गर्नेले त्यसले बालबालिकाको शारीरिक र मानसिक बोझ हट्ने बताएका छन् भने आलोचकहरुले सो नियम कार्यन्वयन हुनेमा आशंका गरेका छन्। 

चार महिनाअघि मात्र सरकारले फाइदा उठाउने उद्देश्यले खोलिएका अनलाइन सिकाई केन्द्र बन्द गर्न निर्देशन दिएको थियो। सरकारले एउटा नयाँ कानून ल्याएर नै ती केन्द्र बन्द गरिदिएको थियो, जसका कारण करिब  १२० अर्ब अमेरिकी डलर बराबरको शैक्षिक व्यापार बन्द भएको थियो।एजेन्सी

Logo