इतिहासमा आजः राष्ट्रसंघमा युगान्डाको प्रवेशदेखि अफ्रिकी मूलका पहिलो अमेरिकी जनरलसम्म

इतिहासमा आजः राष्ट्रसंघमा युगान्डाको प्रवेशदेखि अफ्रिकी मूलका पहिलो अमेरिकी जनरलसम्म

केन्द्रबिन्दु
0
Shares

आज अक्टोबर २५। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ विश्वमा आज भएका केही महत्वर्पूण घटनाः

सन् १९८३ मा ग्रिनडा अतिक्रमण
कुमार्फत ग्रिनडामा तत्कालिन प्रधानमन्त्री माउराइस बिसपको हत्यापछि अमेरिकाले ग्रिनडामा हमला गरेको थियो। अमेरिकी विजयसँग ग्रिनडा अतिक्रमण अन्त्य भएको थियो। 

राष्ट्रसंघमा युगान्डाको प्रवेश
सन् १९६२ को २५ अक्टोबरमा युगान्डाले राष्ट्रसंघको सदस्यता प्राप्त गरेको थियो। 

अफ्रिकी मूलका पहिलो जनरल
सन् १९४० मा अमेरिकी सेनामा पहिलो पटक अफ्रिकी मूलका अमेरिकी बेन्जामिन ओलिभर डेभिस जनरल बनेका थिए। 

जर्ज तृतीय बेलायत र आयरल्यान्डको राजा
सन् १७६० मा जर्ज तृतीय बेलायत र आयरल्यान्डको राजा बनेका थिए।

ब्याटल अफ बालाक्लाभा 
क्रिमिया युद्धको समयमा सन् १८५४ मा बेलायत, फ्रान्स र अन्य अटोमन शासकहरु रसियाली शासनविरुद्धको युद्ध ब्याटल अफ बालाक्लाभा लडेका थिए।  

Logo