यौनजन्य गतिविधि गर्न नमानेपछि दुई किशोरले गरे ढुंगाले हानेर बालिकाको हत्या

यौनजन्य गतिविधि गर्न नमानेपछि दुई किशोरले गरे ढुंगाले हानेर बालिकाको हत्या

केन्द्रबिन्दु
0
Shares

भारतको उत्तरी आसाममा यौन कुलतमा फसेका दुई किशोर पक्राउ परेका छन् । पोर्न भिडियोको नक्कल गरेर यौनजन्य  गतिविधि नगरेको भन्दै  एक बालिकालाई ढुंगाले हानेर हत्या गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । 

उनीहरूले आफ्ना अभिभावकको फोनबाट पोर्न फिल्म हेरेपछि बालिकालाई दुर्व्यवहार गरेका थिए । आक्रमणकारी बालिकाका छिमेकी रहेको बुझिएको छ ।

अभिभावकको फोनबाट अनलाइन कक्षा लिने क्रममा ती किशोरहरू ‘पोर्न एडिक्ट’ बनेका थिए । अनलाइन कक्षामा यौनजन्य क्रियाकलाप हेरेपछि उनीहरूमा त्यसको कुलत बसेको थियो । 

पोर्न फिल्मको भिडियो नक्कल गरेर यौन आनन्द दिन किशोरहरूले ती बालिकालाई  दबाब दिएका थिए ।  बालिकाले अस्वीकार गरेपछि उनीहरूले ढुंगाले हानेका थिए ।

आक्रमणपछि अचेत बनेकी उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो । 

एक साताअघि भएको सो आक्रमणका दोषीलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरूसँगै अर्का एक किशोर पनि पक्राउ परेका छन् । उनले दुवै जनालाई आक्रमणको दुरुत्साहन गरेका थिए । 

इन्डो एसिया न्युज सर्भिस (आइएएनएस) ले गरेको एक अध्ययनमा भारत स्मार्टफोनमार्फत हुने विश्वकै ठूलो यौन बजार हो । एजेन्सी

Logo