इतिहासमा आजः आर्मेनीका प्रधानमन्त्रीकाे हत्यादेखि सोभियतबाट तुर्केमेनिस्तान स्वतन्त्रसम्म

इतिहासमा आजः आर्मेनीका प्रधानमन्त्रीकाे हत्यादेखि सोभियतबाट तुर्केमेनिस्तान स्वतन्त्रसम्म

केन्द्रबिन्दु
0
Shares

आज अक्टोबर २७। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

आर्मेनियाको संसदमा गोली हानाहान
सन् १९९९ मा आर्मेनियाको संसदमा सशस्त्र समूहले चलाएको गोली लागेर प्रधानमन्त्री र सभामुखसहित आठ जनाको मृत्यु भएको थियो। आक्रमणलगत्तै त्यहाँको सेनाले संसदलाई घेरा हालेर आक्रमणकारीलाई नियन्त्रणमा लिएको थियो।

सोभियत युनियनबाट तुर्केमेनिस्तान स्वतन्त्र
मध्यएशियाली देश तुर्केमेनिस्तान सन् १९२५ देखि सोभियत संघको अधिनमा थियो। सन् १९९१ मा तुर्केमेनिस्तानले स्वतन्त्र भएको घोषणा गरेको थियो।

न्युयोर्क सिटी सबवे सञ्चालन सुरु
सन् १९०२ मा अमेरिकाको सबैभन्दा पुरानो भूमिगत मार्गको ट्रान्जिट सिस्टमको निर्माण सुरु भएको थियो। यसको सञ्चालन आजकै दिनबाट भएको थियो। यो मार्ग विश्वकै सबैभन्दा पुरानो र सर्वाधिक प्रयोग गरिएको ट्रान्जिट सिस्टम मानिन्छ।

फिलाडेल्फिया सहर स्थापना
सन् १६८२ मा फिलाडेल्फिया सहर स्थापना भएको थियो। यस ऐतिहासिक सहरको स्थापना ब्रिटिश व्यवसायी विलियम पेनले गरेका थिए। बेलायतका राजा चाल्स द्वितीयले पेनका बाबुलाई ठूलो रकम तिर्न बाँकी थियो। रकमको सट्टा चाल्सले पेनका छोरालाई जग्गा नै दिएका थिए। यो सहर युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत छ।एजेन्सी

Logo