हाइटीमा इन्धन अभावपछि दर्जनौं बिरामी मृत्युको जोखिममा

हाइटीमा इन्धन अभावपछि दर्जनौं बिरामी मृत्युको जोखिममा

केन्द्रबिन्दु
0
Shares

हाइटीमा इन्धनको चरम अभाव भएको छ। इन्धन अभावका कारण हाइटीका प्रमुख अस्पताल लगायतका अत्यावश्यकीय सेवा प्रभावित भएका छन्। 

राजमार्गमा विभिन्न समूहले इन्धन चालकलाई अपहरण गरेर फिरौती रकम उठाउने क्रम बढेपछि  इन्धन आपूर्ति प्रभावित भएको हो। 

दन्डहिनता र शान्ति सुरक्षाको अभावले देशमा अपरहण, चोरी, लुटपाट र ठगीका घटनामा बृद्धि भएका छन्। 

सरकारले पर्याप्त सुरक्षा दिन नसकेको भन्दै सर्वसाधारणले सडकमा ढुंगा तेर्साएर विरोध गरेपछि इन्धन आपूर्ति झन समस्या भएको हो।  

सरकारको बिरोधमा एक सातादेखि सुरु भएको प्रदर्शन मंगलबार पनि जारी छ। बारम्बारको इन्धन कटौतीका कारण बिरामीको ज्यान जोगाउन हाइटीका अधिकांश अस्पताल जेनेरेटरलगायतका साधनमा निर्भर छन्। 

इन्धनको सहज आपूर्ति नभएमा ३०० बालबालिका, ४५ महिला र १५० जना कोभिड बिरामीको ज्यान जान सक्ने युनिसेफले जनाएको छ। ‘विद्युत अवरोधकै कारण कुनै पनि बालबालिकाको मृत्यु नहोस,’ हाईटस्थित युनिसेफका प्रतिनिधि राउल डेल टोर्सीले भने।एजेन्सी

Logo