इतिहासमा आजः अमेरिकामा मदिरा प्रतिबन्धदेखि अर्जेन्टिनामा पहिलो महिला राष्ट्रपतिसम्म

इतिहासमा आजः अमेरिकामा मदिरा प्रतिबन्धदेखि अर्जेन्टिनामा पहिलो महिला राष्ट्रपतिसम्म

केन्द्रबिन्दु
0
Shares

आज अक्टोबर २८। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ आज भएका केही महत्वपूर्ण घटना:
 
अर्जेन्टिनामा पहिलो महिला राष्ट्रपति

सन् २००७ अर्जेन्टिनाले पहिलो महिला राष्ट्रपति पाएको थियो। आजकै दिन क्रिष्टिना फर्नान्डेज डि क्रिचर राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। उनी सन् २०११ मा पनि पुनः राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्।
 
मेट्रो स्टेशनमा आगलागी
सन् १९९५ मा अजरबैजानको राजधानी बाकुस्थित एउटा रेलमार्गमा भीषण आगलागी भएको थियो। सो आगलागी भूमिगत रेलमार्गको इतिहासमै सबैभन्दा डरलाग्दो मानिन्छ। पुरानो वायरिङ प्रणालीका कारण भएको आगलागीबाट रेलमा यात्रा गरिरहेका ३०० जनाको मृत्यु भएको थियो।

जर्मनीद्वारा १७ हजार यहुदी देश निकाला
जर्मनीले सन् १९३८ मा पोल्यान्डका १७ हजार  यहुदीलाई देश निकाला गरेर पोल्यान्ड पठाइदिएको थियो।

हंगेरीको स्वतन्त्रता
सन् १९१८ मा चेकोस्लाभियाले हंगेरीबाट स्वतन्त्रता पाएको थियो। मध्ययुरोपेली देश चेकोस्लाभिया सन् १७०० देखि हंगेरीको अधिनमा थियो। पहिलो विश्व युद्धको अन्त्यमा थोमस मर्सायकको नेतृत्वमा हंगेरीमा स्वतन्त्रताको आन्दोलन सुरु भएको थियो। उनी सन् १९१८ को नोभेम्बरमा स्वतन्त्रत हंगेरीको राष्ट्रपति बनेका थिए।

अमेरिकामा मदिरामा प्रतिबन्ध
सन् १९१९ मा अमेरिकी संसद कंग्रेसले मदिराको उत्पादन, बिक्री तथा ओसार पसारमा प्रतिबन्ध लगाउने कानून पारित गरेको थियो। भोस्टिड एक्ट नामक सो कानून अनुसार औषधि र धार्मिक प्रयोजनका लागि बाहेक अमेरिकामा मदिराको उत्पादन, बिक्री र ओसार पसारलाई गैरकानून घोषित गरिएको थियो।एजेन्सी

Logo