भारतद्वारा ५ हजार किलोमिटर टाढासम्म मार हान्न सक्ने मिसाइल परीक्षण

भारतद्वारा ५ हजार किलोमिटर टाढासम्म मार हान्न सक्ने मिसाइल परीक्षण

केन्द्रबिन्दु
0
Shares

भारतले अग्नी–५ मिसाइलको सफल परीक्षण गरेको छ। उडिसाको एपीजे अब्दुल कलाम टापुबाट सतहबाट सतहमा पुग्ने मिसाइल परीक्षण गरेको हो। मिसाइलले पाँच हजार किलोमिटर टाढासम्म मार हान्न सक्ने जनाइएको छ। 

मिसाइललाई भारतको रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले विकिसत गरेको थियो। अन्तरमहादेशीय व्यालेष्टिक मिसाइल (आईसीबीएम) आणविक क्षमता रहेको सो मिसाइलले अत्याधुनिक आणविक हतियार बोक्न सक्ने जनाइएको छ। 

जुनमा भारतले अग्नी प्राइम मिसाइल परीक्षण गरेको थियो। आणविक क्षमतायुक्त सो मिसाइलले २ हजार किलोमिटर टाढासम्म मार हान्न सक्ने जनाइएको छ।एजेन्सी

Logo