‘अफगानिस्तानमा आइएसको पत्तासाफ हुन्छ’: तालिवान

‘अफगानिस्तानमा आइएसको पत्तासाफ हुन्छ’: तालिवान

केन्द्रबिन्दु
0
Shares

केही साता अघिसम्म अफगानिस्तानको पूर्वी सहर जलालाबादका चोकमा मानिसहरुको शव भेटिन्थ्यो। कसैलाई हातखुट्टा काटेर गोली ठोकेर फालिएको हुन्थ्यो भने केहीलाई सडकमै झुन्डाइन्थ्यो।

हत्या गरिएकामध्ये धेरैका गोजीमा कागजको एउटा बिटो हुन्थ्यो। अनि त्यहाँ लेखिएको हुन्थ्यो–अतिवादी मुस्लिम समूह आईएसको सदस्यविरुद्ध सरकारलाई गुप्तचर गरेको अभियोगमा भौतिक कारबाही। 

ती त्रासदीपूर्ण हमलाको जिम्मा कसैले लिँदैनथ्यो। बरु त्यस्ता गैरन्यायिक हत्यामा तालिवानको संलग्नता रहेको आशंका गरिन्थ्यो। किनकी अफगानिस्तानमा आइएसको तुलनामा तालिवानकै दबदबा थियो। तर, अहिले परिस्थिति भिन्न छ।  

तालिवानको सत्तापलटपछि अफगानिस्तान तुलनात्मक रुपमा ‘शान्त’ छ। तर, कतिपय स्थानमा आईएसले आफ्नो प्रभाव देखाउन हिंसात्मक हमला गरेका छन्। आईएसलाई ‘निर्मूल’ गर्ने तालिवानले अठोट गरेको छ। 

पछिल्लो समयमा जलालाबादमा तालिवान आईएसमाथिको दमनमा उत्रिएको छ। स्थानीय स्तरमा ‘दायस’ भनिने आइएसले अहिले पनि तालिवान शैलीमा आक्रमण गरेर भाग्न थालेका छन्। 

आईएस र तालिवानबीच एक अर्कोमा आरोप–प्रत्यारोपमा उत्रिएका छन्। आइएसले तालिवानलाई आफ्नो अडान छोडेको आरोप लगाएको छ भने तालिवानले ‘जघन्य हत्या’ मा उत्रिएको बताएको छ। 

नानगरहार प्रान्तका तालिवान गुप्तर सेवाका प्रमुख डा. बशिरले आईएसलाई सो प्रान्तबाट पत्तासाफ गर्न थालेको बताउँछन्। तालिवानले सयौं आईएस लडाकु पक्राउ गरेको उनको भनाइ छ।

डा. बशिर र सम्पूर्ण तालिवानले नै अफगानिस्तानमा आईएसको पकड गुम्दै गएको बताउँछन्। अफगानिस्तानको युद्ध अन्त्य भएको र देश शान्तिको पथमा हिँडिसकेको तालिवानको दाबी छ। अब अफगानिस्तानमा आईएसको अस्तित्व समाप्त पार्ने डा. बशिरको दाबी छ।एजेन्सी

Logo