भारतद्वारा विभिन्न देशका लागि नयाँ राजदूत नियुक्त

भारतद्वारा विभिन्न देशका लागि नयाँ राजदूत नियुक्त

केन्द्रबिन्दु
0
Shares

भारतले विभिन्न देशका लागि नयाँ राजदूतहरू नियुक्त गरेको छ। अहिले माल्दिभ्सको राजदूत रहेका सन्जय सुधिरलाई संयुक्त अबर इमिरेट्स (यूएई)का लागि राजदूतमा नियुक्त गरिएको भारतको विदेश मन्त्रालयले जनाएको छ।

उनी भारतको विदेश मामिला सेवामा सन् १९९३ मा प्रवेश गरेका हुन्। उनलाई माल्दिभ्सका लागि भारतीय राजदूतका रूपमा सन् २०१९ मा नियुक्त गरिएको थियो। 

त्यसैगरी स्पेनका लागि दिनेश के पटनायकलाई नियुक्त गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयद्वारा जारी वक्तव्यका अनुसार उनी सन् १९९० मा भारतको विदेश मामिला सेवामा प्रवेश गरेका हुन्। उनी अहिले भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को महानिर्देशक हुन्।

मन्त्रालयले पवन कपुरलाई रुसका लागि राजदूत बनाइएको जनाएको छ। उनी पनि सन् १९९० मै विदेश मामिला सेवामा प्रवेश गरेको मन्त्रालयले जनाएको छ। 

उनी यसअघि इजरायलका लागि राजदूत थिए भने किभी, लण्डन र जेनेभालगायतका ठाउँका लागि भारतीय मिसनमार्फत काम गरेका थिए। 

Logo