जहाँ एकाएक तीन सय मानिस निर्वस्त्र भए…

जहाँ एकाएक तीन सय मानिस निर्वस्त्र भए…

केन्द्रबिन्दु
0
Shares

तीन सय मानिस निर्वस्त्र उभिएका छन्। तीमध्ये आधा महिला छन्। शरीरमा सेतो रंग दलिएको छ। एक जना फोटोग्राफर उनीहरूलाई  विभिन्न पोज दिन लगाएर फरक फरक कोणबाट तस्विर खिच्न व्यस्त देखिन्छन्। यो हो इजरायली सहर अरदनजिकैको एउटा दुर्लभ दृश्य। 

आइतबार मध्यान्हमा इजरायली सहर अरदमा भेला भएका सबै स्वयंसेवकले निर्वस्त्र बनेर सेतो रंग दलेका थिए। उनीहरूको तस्विर खिच्न करिब तीन घन्टा लागेको थियो।

उनीहरूको तस्विर अमेरिकी फोटोग्राफर स्पेन्सर टुनिकले खिचेका थिए। निर्वस्त्र मानिसलाई क्यामरामा कैद गर्न पाउँदा आफूलाई खुसी लागेको टुनिकको भनाइ छ। उनले सन् २०११ मा मृत सागरमा यस्तै सृजनाको तस्विर खिचेका थिए।  
 
एउटा कलात्मक सृजनामार्फत डुब्नै लागेको मृत सागरप्रति विश्व समुदायको ध्यान केन्द्रित गर्न इजरायलको पर्यटन मन्त्रालयको आयोजनामा उनीहरूलाई निर्वस्त्र पारिएको थियो। पछिल्लो दृश्यले  मृत सागरको संरक्षणको महत्वलाई थप जोड दिने आयोजकको विश्वास छ।

इजरायल र उसका छिमेकी देशले मृत सागरको पानीलाई कृषिका लागि डाइभर्ट गर्न थालेपछि पृथ्वीकै सवैभन्दा तल्लो बिन्दुमा पुगेको मृत सागर जोखिममा छ। निर्वस्त्र कला प्रदर्शनले इजरायल भ्रमण गर्ने आगुन्तकहरूलाई सो क्षेत्रले आकर्षित गर्ने पर्यटन मन्त्रालयको विश्वास छ। कोभिड महामारीपछि अन्तर्राष्ट्रिय पर्यटकलाई प्रतिबन्ध लगाएको इजरायलले पछिल्लो समय केही खुकुलो बनाएको छ।एजेन्सी

Logo