भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या २५० दिनपछि कै सबैभन्दा कम

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या २५० दिनपछि कै सबैभन्दा कम

केन्द्रबिन्दु
0
Shares

भारतमा कोरोनाबाट दैनिक सङ्क्रमितको सङ्ख्या फेरि घटेको छ। पछिल्लो २४ घण्टामा १० हजार ४२३ जना मात्रै नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ। भारतमा अहिले एक लाख ५३ हजार ७७६ जना सक्रिय सङ्क्रमित रहेका पनि मन्त्रालयले जनाएको छ। 

यो सङ्ख्या २५० दिनपछि कै सबैभन्दा कम भएको अधिकारीले जनाएका छन्। भारतमा अहिले सक्रिय अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको ०.४५ प्रतिशत मात्रै हो। अर्थांत हाल सक्रिय सङ्क्रमित यो संख्या सन् २०२० को मार्चपछि सब भन्दा कम हो।  

यसअघि झण्डै १३ हजारको हाराहारीमा दैनिक सङ्क्रमित हुने गरेकोमा अहिले करिब १० हजार ५०० घटेको छ। सोमबार भारतमा १५ हजार २१ जना कोरोना सङ्क्रमण मुक्त भएका छन्। यससँगै कोरोना शुरु भएबाट हालसम्म तीन करोड ३६ हजार ८३ हजार ५८१ जना कोरोना मुक्त भएका छन्। 

भारतमा कोरोना भाइरसको परीक्षण ६१ करोड २ लाख भन्दा बढी भएको छ। यहाँ गत जनवरीको १६ बाट कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो। सो समयबाट हालसम्म एक अर्वभन्दा बढी डोज खोप लगाइएको छ।

Logo