विश्वमा आज: कोलम्बियाको सर्वोच्च अदालतमा नरसंहारदेखि अफ्रिकी रंगभेदविरुद्ध राष्ट्रसंघको संकल्प प्रस्ताव

विश्वमा आज: कोलम्बियाको सर्वोच्च अदालतमा नरसंहारदेखि अफ्रिकी रंगभेदविरुद्ध राष्ट्रसंघको संकल्प प्रस्ताव

केन्द्रबिन्दु
0
Shares

आज ६ नोभेम्बर । प्रस्तुत छ विश्वमा आज भएका केही महत्त्वपूर्ण विश्व घटना:

कोलम्बियाको अदालतमा नरसंहार

 सन् १९८५ मा कोलम्बियामा अप्रिल आन्दोलनका लडाकुले त्यहाँको सर्वोच्च अदालत रहेको प्यालेस अफ जस्टिनलाई नियन्त्रणमा लिएर ३०० जनालाई बन्धक बनाएका थिए । विद्रोही र सरकारी फौजबीचको दोहोरो गोली हानाहानमा सर्वोच्चका ११ न्यायाधीशसहित १०० जनाको मृत्यु भएको थियो । 

रंगभेदविरुद्ध संकल्प प्रस्ताव

सन् १९६२ मा राष्ट्रसंघको महासभाले दक्षिण अफ्रिकामा रंगभेद अन्त्य गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो । राष्ट्रसंघले सदस्य राष्ट्रहरुलाई अफ्रिकामा जारी रंगभेदविरुद्ध कडा रूपमा प्रस्तुत हुनसमेत निर्देशन दिएको थियो । 

अब्राहम लिंकन अमेरिकाका १६ औ राष्ट्रपति

आजकै दिन अर्थात् ६ नोभेम्बर १८६० मा अब्राहम लिंकन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनको विजयपछि अमेरिकाको रक्तपातपूर्ण गृहयुद्ध र दास प्रणाली बिस्तारै अन्त्य भएको थियो । लिंकन अमेरिकाका १६औँ राष्ट्रपति हुन् । 

अस्ट्रेलियामा जनमत संग्रह

सन् १९९९ मा अस्ट्रेलियाको संविधान संशोधन गर्न जनमत संग्रह सम्पन्न भएको थियो । राष्ट्रपति राष्ट्रप्रमुख हुने प्रावधानसहितको गणतन्त्रमा जाने विषयलाई अस्ट्रेलियाली नागरिकले अस्वीकार गरेका थिए ।

Logo