विश्वभर ३० प्रतिशतले महँगी बढ्यो, खाद्यान्न र खानेतेलमा सबैभन्दा बढी

विश्वभर ३० प्रतिशतले महँगी बढ्यो, खाद्यान्न र खानेतेलमा सबैभन्दा बढी

केन्द्रबिन्दु
0
Shares

पछिल्लो एक वर्षमा विश्वमा खाद्य पदार्थको भाउ करिव ३० प्रतिशत महँगो भएको छ। पछिल्लो १० वर्षकै उच्च मूल्यवृद्धि भएर ३० प्रतिशत महँगो भएको संयुक्त राष्ट्रसङ्घीय निकास फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन एफएओले जनाएको छ।

विश्वमा सबैभन्दा धेरै खाद्यान्न र खाने तेलको मूल्य लगातार बढिरहेको छ। गएको अक्टोबर महिनामा वनस्पति तेलमा १० प्रतिशत मूल्यवृद्धि भएको छ।

महामारीका कारण आपूर्तिमा समस्या, उद्योगहरू बन्द हुनु, खडेरी तथा धेरै वर्षाका कारण उत्पादन कमी हुनु, राजनीतिक तनाव बढ्नु लगायतका कारण मूल्यवृद्धि भएको एफएओको प्रतिवेदनमा उल्लेख छ। 

जलवायु परिवर्तनको असरले यसअघि नभोगिएका विपत्तिहरु भोग्नुपरेको र यसको असर कृषिमा पर्दा पनि खाद्यान्नको भाउ बढेको छ।

Logo