इतिहासमा आजः रसियाको अक्टोबर क्रान्तिदेखि थाइल्याण्डमा सेनाको ‘कू’ सम्म

इतिहासमा आजः रसियाको अक्टोबर क्रान्तिदेखि थाइल्याण्डमा सेनाको ‘कू’ सम्म

केन्द्रबिन्दु
0
Shares

आज ७ नोभेम्बर। विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः 

ट्युनिसियामा कू
सन् १९८७ मा ट्युनिसियामा रक्तपातविहिन कू भएको थियो। तत्कालिन राष्ट्रपति हबिब बर्गयुबालाई सत्ताच्युत गरी जिने इल अबिदाइन बेन अली ट्युनिसियाका राष्ट्रपति भएका थिए। 

रसियाको अक्टोबर क्रान्ति
सन् १९१७ मा भ्लादिमिर लेनिनले नेतृत्व गरेको क्रान्तिकारी माक्र्सबादी समूह बोसेभिक्सले तत्कालिन रसियाली शासकहरुको दरबार विन्टर प्यालेसलाई नियन्त्रणमा लिएर सम्पूर्ण शक्ति कम्युनिष्टलाई सुम्पिएको घोषणा गरेको थियो। 

अमेरिकी संसदमा निर्वाचित प्रथम महिला 
सन् १९१६ मा मोन्टानाकी महिला जिन्नेटी रानकिन अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा निर्वाचित भएकी थिइन्। उनी अमेरिकी सदनमा निर्वाचित हुने पहिलो महिला हुन्। 

थाइल्याण्डमा सेनाको कू
सन् १९४७ मा थाइल्याण्डमा सेनाले कू गरेको थियो। तत्कालिन प्रधानमन्त्री थवान थामरोंग नवासवतलाई अपदस्त गरी सेनाले खुङ अफाईवोङलाई प्रधानमन्त्री चयन गरेको थियो। 

अन्तर सहर दौड
सन् १८६९ मा पहिलो अन्तर सहर साइकल दौड सम्पन्न भएको थियो। फ्रान्सको पेरिस र रोउन सहरमा प्रतियोगिता आयोजना भएको थियो।एजेन्सी

Logo