चीनको विद्यालयले दर्जनौँ विद्यार्थीलाई विद्यालयमा रातभर बन्धक बनाएपछि…

चीनको विद्यालयले दर्जनौँ विद्यार्थीलाई विद्यालयमा रातभर बन्धक बनाएपछि…

केन्द्रबिन्दु
0
Shares

चीनमा एक विद्यालयका एक कर्मचारीलाई कोरोना देखिएपछि दर्जनौँ विद्यार्थीहरूलाई एउटा प्राथमिक विद्यालयमा घण्टौँसम्म बन्धक बनाएर राखेको खुलासा भएको छ । यसै साता भएको सो घटनामा विद्यार्थीलाई बन्धक बनाइएपछि चिन्तित बनेका अभिभावकहरूको एउटा ठूलो समूह मध्यरातसम्म विद्यालय बाहिर जम्मा भएर बसेका थिए । विद्यार्थीहरुको कोभिड परीक्षण गरिएकोले त्यसको नतिजा नआउन्जेल मध्यरातसम्म विद्यालयमै बस्न भनिएको थियो । विद्यालयमा राखिएका बालबालिका ७ देखि १२ वर्षका भएको अनुमान गरिएको छ । 

स्थानीय समाचार संस्था जिमुका अनुसार विद्यालयका हेडमास्टर स्थानीय समयअनुसार रातीको साढे ११ बजे विद्यालय बाहिर निस्केर अभिभावकलाई केही विद्यार्थी क्वारेनटिनमा बस्नुपर्ने जानकारी गराएका थिए ।

रातभर विद्यालयमा बस्नुपर्ने विद्यार्थीका लागि आवश्यक कपडा ल्याउन उनले अभिभावकलाई अनुरोध गरेका थिए । अर्को दिन कोभिडको नतिजा सार्वजनिक भएपछि मात्र उनीहरूलाई बाहिर आउन अनुमति दिइने उनीहरूले बताएका थिए । 

३५ विद्यार्थीलाई रातभर क्वारेनटिनमा राखिएको थियो । सम्पूर्ण शिक्षक, विद्यार्थी र कर्मचारीको परीक्षण गरिएको थियो । अहिले विद्यालयलाई अस्थायी रूपमा बन्द गरिएको छ ।

Logo