इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन हमला, प्रधानमन्त्री भने सुरक्षित

इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन हमला, प्रधानमन्त्री भने सुरक्षित

केन्द्रबिन्दु
0
Shares

इराकका प्रधानमन्त्री मुस्ताफा अल कादिमीको निवासमा ड्रोन हमला भएको छ। प्रधानमन्त्रीलाई हत्या गर्ने उद्देश्यले ड्रोन हमला गरिएको अनुमान गरिएको छ। 

बगदादको ग्रीन जोन क्षेत्रमा भएको सो आक्रमणमा प्रधानमन्त्री सुरक्षित रहेको इराकी सेनाले जनाएको छ। आक्रमणमा प्रधानमन्त्रीका सात जना अंगरक्षक घाइते भएका छन्।

आक्रमणको जिम्मा कुनै समूहले लिएको छैन्। ग्रीन जोनमा सामान्यतया सेनाले बाक्लो गस्ती गर्छ।

ड्रोनमा बिस्फोटक पर्दाथ भरेर प्रधानमन्त्रीलाई निशाना बनाइएको सेनाले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्रीलाई ड्रोन आक्रमणमार्फत हत्या प्रयास भएको इराकी सरकारले जारी गरेको अर्को विज्ञप्तिमा उल्लेख छ। 

यसैबीच, प्रधानमन्त्री अल कादिमीले आफू सुरक्षित रहेको बताएका छन्। उनले शान्ति कायम गर्न अपीलसमेत गरेका छन्।एजेन्सी

Logo