इतिहासमा आजः थाइल्यान्डमा कु देखि हिटलरको हत्या प्रयाससम्म

इतिहासमा आजः थाइल्यान्डमा कु देखि हिटलरको हत्या प्रयाससम्म

केन्द्रबिन्दु
0
Shares

आज ८ नोभेम्बर। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

थाइल्यान्डमा कु
थाइल्यान्डमा सरकारविरुद्ध कु कुनै नौलो घटना होइन। थाइल्यान्डको इतिहासमा सेनाको कु सामान्य जस्तै बनेको छ। सन् १९७१ मा त्यहाँका फिल्ड मार्शल थानोम किट्टीकाचोर्नले आफ्नै सरकारविरुद्ध कु गरेका थिए। कम्युनिस्टहरुको प्रभाव बढेको कारण दर्शाउँदै किट्टीकाचोर्नले कु गरेका थिए। 

हिटलरको हत्या प्रयास
सन् १९३९ मा जर्मनीका सिकर्मी जोहान जर्ज इल्सरले एडोफ हिट्लर र नाजी पार्टीका अन्य उच्च पदस्थ अधिकारीहरुलाई हत्या प्रयास गरेका थिए। एउटा कार्यक्रममा हिटलरसहित सबै जना सहभागी भएका बेला इल्सरले एउटा शक्तिशाली टाइम बम बिस्फोट गराएका थिए। बिस्फोटमा हिटलर बाँच्न सफल भएका थिए। उनलाई पाँच वर्ष जेल सजाय तोकिएको थियो।

एक्सरे पत्ता लगाउने पहिलो व्यक्ति
जर्मनीका भौतिक शास्त्री विलहेल्म कोनराड रोयन्टजेनले अकस्मात एक्सरे पत्ता लगाएका थिए। सोही आविश्कारका लागि उनलाई सन् १९०१ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।

हिटलरको असफल सत्तापलट प्रयास
सन् १९२३ मा आजकै दिन बर्लिनतर्फ विशाल हलीसहित मार्च गरेका एडोल्फ हिटलर र नाजी पार्टीका अन्य सदस्यहरुले सरकार ढाल्ने असफल प्रयास गरेका थिए। उनीहरुले म्युनिखस्थित बीं केलरबाट मार्च सुरु गरेका थिए। कू प्रयास असफलपछि हिटलरलाई पक्राउ गरी केही बर्ष कैद गरिएको थियो।एजेन्सी

Logo