कोप २६ः विकासाेन्मुख देशलाई २९ करोड युरो सहयोग गर्ने बेलायतको घोषणा

कोप २६ः विकासाेन्मुख देशलाई २९ करोड युरो सहयोग गर्ने बेलायतको घोषणा

केन्द्रबिन्दु
0
Shares

जलवायु परिवर्तनको असरविरुद्ध जुध्न बेलायत सरकारले विकासाेन्मुख देशहरुका लागि २९ करोड युरो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। बेलायतको ग्लास्गो सहरमा जारी जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ को अवसरमा बेलायतले यस्तो प्रतिबद्धता जनाएको हो। 

सम्मेलनमा विभिन्न देशका प्रतिनिधि सहभागी छन्। गरिब देशहरुले जलवायु परिवर्तनविरुद्ध जुध्न १०० अर्ब डलर वित्तीय सहयोगका लागि आह्वान गरेका छन्। जलवायु परिवर्तनको मुख्य कारक मानिने कार्बन उत्सर्जनमा बिकासन्मुख देशहरुको हात नगन्य छ। 

बेलायत सरकारले प्रदान गर्ने सहयोग रकममध्ये धेरै रकम एशिया र प्रशान्त महासागरका देशलाई छुट्टाइएको छ। विकासन्मुख देशले सो रकम जलवायु परिवर्तनसम्बन्धी योजना र लगानी, संरक्षण र न्युन कार्बनयुक्त विकासका गतिविधिको प्रवर्द्धनमा लगानी हुनेछ।

एक सातादेखि जारी सम्मेलन आइतबार सम्पन्न हुनेछ। सम्मेलनमा सन् २०२५ सम्म विश्व तापमानलाई १ दशमलब ५ डिग्री सेल्सियसमा कसरी झार्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ।एजेन्सी

Logo