चीनमा कोरोनाविरुद्ध दुई अर्ब ३३ करोड ८० लाख डोज खोप लगाइयो

चीनमा कोरोनाविरुद्ध दुई अर्ब ३३ करोड ८० लाख डोज खोप लगाइयो

केन्द्रबिन्दु
0
Shares

चीनभर कोरोना भाइरसविरुद्ध दुई अर्ब ३३ करोड ८० लाख डोज खोप लगाइएको यहाँको ‘नेशनल हेल्थ कमिसन’ले मङ्गलबार जानकारी दिएको छ। चीन विश्वको तुलनामा सबभन्दा बढी कोरोनाविरुद्ध खोप लगाउने देशको रुपमा परेको छ।
  
सन् २०१९ को डिसेम्बरबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट कोरोना भाइरसको महामारी शुरु भएको थियो। सो समयदेखि हालसम्म विश्वभरी २५ करोड ११ लाख भन्दा बढी व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ५० लाख ७३ हजार भन्दा बढी व्यक्तिको यसको सङ्क्रमणको कारण मृत्यु भएको छ। 

यद्यपी २२ करोड ७४ लाख ६ हजार भन्दा बढी व्यक्ति कोरोना मुक्त भएका छन्। 

Logo