विश्व इतिहासमा आज के के भएका थिए?, हेराैं इतिहासमा आज

विश्व इतिहासमा आज के के भएका थिए?, हेराैं इतिहासमा आज

केन्द्रबिन्दु
0
Shares

आज १० नोभेम्बर। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण विश्व घटनाः

अमेरिकामा जातीय नरसंहार
 सन् १८९८ अमेरिकाको विलमिंटनमा एउटा जातीय नरसंहार मच्चिएको थियो। सबै जातजातिको प्रतिधित्व गर्न निर्वाचनमार्फत गोरा र अश्वेत सम्मिलित सहर परिषदको स्थापनापछि नरसंहार भएको थियो। परिषद स्थापनाको विरोधमा गोराहरुले परिषद भवन तोडफोड गरी सम्पत्ति लुटेका थिए। त्यस क्रममा गोराले दर्जनौं अश्वेतहरुको हत्या गरेका थिए।

अमेरिकी जल सेनाको स्थापना
अमेरिकी क्रान्तिकारी युद्धको समयमा सन् १७७५ मा अमेरिकाले जल र वायुमा पनि सञ्चालन हुने सैन्य फौज स्थापना गरेको थियो।

बोलिभियाली नेताको राजीनामा
बोलिभियाका नेता तथा पहिलो आदिवासी राष्ट्रपति इभो मोरल्सले सन् २०१९ को १० नोभेम्बरमा राजीनामा दिएका थिए। चौथो कार्यकालका लागि निर्वाचित  इभोले निर्वाचनमा धाँधली गरेको विपक्षीले आरोप लगाएका थिए।

चीन विश्व व्यापार संगठनको सदस्य
आजकै दिन चीन विश्व व्यापार संगठनको सदस्य भएको थियो। १५ वर्षको छलफलपछि सन् २००१ को १० नोभेम्बरमा डब्लूटीओले चीनको सदस्यता अनुमोदन गरेको थियो। त्यसको भोलिपल्ट ताइवानको सदस्यता स्वीकृत भएको थियो। ताइवानलाई चीनले आफ्नो एउटा अभिन्न प्रान्तको रुपमा हेर्दै आएको छ। 

Logo