एलन मस्कले बेचे टेस्लाको १ अर्ब डलरको सेयर

एलन मस्कले बेचे टेस्लाको १ अर्ब डलरको सेयर

केन्द्रबिन्दु
0
Shares

विद्युतीय कार निर्माता कम्पनी टेस्लाका कार्यकारी प्रमुख एलन मस्कले आफ्नो कम्पनीको १ अर्ब १ करोड डलर मूल्य बराबरको सेयर बिक्री गरेका छन् । ट्विटरमा गरिएको एउटा मत सर्वेक्षणमा मस्कका फलोअर्सले १० प्रतिशत सेयर बिक्री गरेर मस्कलाई कर तिर्न अनुरोध गरेका थिए ।

सर्वेक्षणका बहुसंख्यक मतदाताहरूले सेयर बिक्री गर्न अनुरोध गरेपछि टेस्लाको सेयर मूल्यमा गिरावट आइरहेका बेला उनले सेयर बिक्री गरेका हुन् । मस्कले अहिलेसम्म कम्पनीको ९ लाख ३० हजार सेयर बिक्री गरेका छन् ।

मंगलबार ४ दशमलव ९ प्रतिशतले गिरावट आएको टेस्लाको सेयर मूल्य बुधवार करिब १० प्रतिशतमा झरेको थियो । यो ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सको इतिहासमा दुई दिनमा भएको सबैभन्दा ठूलो गिरावट थियो । सेयर मूल्यमा आएको गिरावटसँगै टेस्ला इन्कलाई एक सातामा ५० अर्ब डलर नोक्सान भएको छ ।

टेस्साले पछिल्लो १४ महिनाको अवधिमा यति ठूलो परिणाममा नोक्सान भएको हो । 

Logo