जसले विवाह नगरेको झोंकमा प्रेमीकाकाे शरीरका १८ ठाउँमा चक्कु प्रहार गरे

जसले विवाह नगरेको झोंकमा प्रेमीकाकाे शरीरका १८ ठाउँमा चक्कु प्रहार गरे

केन्द्रबिन्दु
0
Shares

हैदराबादका एक पुरुषले एक युवतीलाई शरीरका १८ ठाउँमा चक्कु प्रहार गरेका छन्। चक्कु प्रहार गर्ने व्यक्ति ती युवतीको प्रेमी भएको बुझिएको छ। युवतीले विवाह गर्न अस्वीकार गरेपछि रिसको झोंकमा उनले चक्कु धसेका थिए।

युवतीले अर्को पुरुषसँग दुई महिनाअघि इन्गेजमेन्ट गरेपछि ती प्रेमी क्रुद्ध बनेका थिए। चक्कु प्रहारबाट गम्भीर घाइते बनेकी युवतीको अस्पतालमा उपचार भइरहेको छ। 

उनको अवस्था स्थिर छ। युवतीलाई चक्कु प्रहार गर्ने व्यक्तिलाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ।एजेन्सी

Logo